नेकपा सचिवालय बैठक दश दिनपछि

इन्भेष्टाेपेपर ।  मङ्सिर ४, २०७७

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक यही मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिनुभयो । यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना आफ्नातर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक भएको हो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *