बिमल डाँगीको नयाँ सांगीतिक प्रस्तुति “मेरो हजुर” सार्बजनिक (भिडियो सहित)
इन्भेष्टाेपेपर । मङ्सिर ४, २०७७
काठमाण्डौ । ब्यवसाहिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति “मेरो हजुर” प्रकासनमा आएको छ ।
डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो सांगीतिक पाठसाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । “उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगाएतका थुप्रै गीतहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाईमा परिरहेका छन् ।
यिनै गीतको चौतर्फी सफलता पछी बजारमा आएको बिमलको “मेरो हजुर” बोलको गीतमा बिमल डाँगी र उनकै अर्धांगिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । हामीले यो पनि अड्कल काट्न सक्छौं कि, गीतको भाव अनुसार, सम्पूर्ण संगीत पारखीहरुलाई केन्द्रित गर्दै पस्किएको यो गीत बिमलले आफ्नै अर्धांगिनीलाई कुनै अवसर पारेर उपहार प्रदान गरिरहेका छन् ।
बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् ।
