दुइ नगरपालिकासहित २३ स्थानीय तह अझै बैंकबिहीन

Investopaper, असार १६, २०७६

सरकारले चालु आर्थिक वर्षभित्र सबै स्थानीय तहमा बैंक पुर्‍याउने घोषणा गरे पनि २३ तह अझै बैंकविहीन छन्। वाणिज्य वैंककाे पहुंचबाहिर अझै दुइवटा नगरपालिहरूका समेत रहेकाछन ।

नेपाल राष्ट्र वैंकका अनुसार असुरक्षा र भौगोलिक कठिनाइलाई कारण देखाउँदै ती स्थानीय तहमा बैंक जान मानिरहेका छैनन । कुल ७५३ स्थानिय तह मध्ये चालु आवको १० महिनामा ९४ स्थानीय तहमा बैंक पुगेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

हालसम्म प्रदेश ५ का सबै स्थानीय तहमा बैंक पुगिसकेका छन्। सबैभन्दा दुर्गम मानिने कर्णाली प्रदेशका १० स्थानीय तह बैंकविहीन छन्। यस्तै सुदूरपश्चिमका बझाङ र बाजुराका ६ स्थानीय तहमा बैंक शाखा पुग्नसकेका छैनन। केन्द्रीय बैंकका अनुसार प्रदेश १ मा १, प्रदेश २ मा २, प्रदेश ३ मा २ र गण्डकी प्रदेशमा २ स्थानीय तहमा बैंक छैनन्।

हालसम्म बैंक शाखा स्थापना हुननसकेका स्थानिय तहहरूः

क) कर्णाली प्रदेश

  1. काइके गाउँपालिका (डाेल्पा),
  2. छार्का ताङसोङ गाउँपालिका (डाेल्पा),
  3. डोल्पो बुद्घ गाउँपालिका (डाेल्पा) र
  4. शे–फोक्सुन्डो गाउँपालिका (डाेल्पा)
  5. मुगुमकार्मारांग गाउँपालिका (मुगु),
  6. महावै गाउँपालिका (कालिकाेट),
  7. कुसे गाउँपालिका ( जाजरकोट ),
  8. जुनीचाँढे गाउँपालिका ( जाजरकोट ),
  9. बारेकोट गाउँपालिमा ( जाजरकोट ) र
  10. खर्पुनाथ गाउँपालिका (हुम्ला)

ख) सुदुरपश्चिम प्रदेश

  1. पाण्डव गुफा गाउँपालिका ( बाजुरा ),
  2. गौमुल गाउँपालिका ( बाजुरा ),
  3. स्वामीकार्तिक गाउँपालिका ( बाजुरा ),
  4. बूढीनन्दा नगरपालिका ( बाजुरा ),
  5. यस्तै बझाङको काँडा गाउँपालिका ( बझाङ ) र
  6. थलारा गाउँपालिका (बझाङ)

ग) गण्डकी प्रदेश

  1. नार्फु गाउँपालिका ( मनाङ ) र
  2. धार्चे गाउँपालिकामा ( गोरखा )

घ) ३ नं. प्रदेश

  1. रुवी भ्याली गाउँपालिका ( धादिङ ) र
  2. नेत्रावती गाउँपालिका ( धादिङ )

ङ) २ नं. प्रदेश

  1. जीराभवानी गाउँपालिका ( पर्सा ) र
  2. धनुषाधाम नगरपालिका (धनुषा)

च) १ नं. प्रदेश

  1. ताप्लेजुङको मिक्काखोला गाउँपालिका बैंकविहीन छन ।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *