नेपाल इन्भेष्टमेन्ट बैंकको प्रगति सार्वजनिकः निष्कृय कर्जा र सुस्त व्यवसायले सवैतिर असर
Investopaper, श्रावण ३०, २०७६
नेपाल इन्भेष्टमेन्ट बैंकको गत आवकाे चाैथाे त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएकाे छ । व्यवसाय बृद्धीमा देखिएकाे सुस्तता र सतप्रतिशत निष्कृय कर्जामा आएकाे बृद्धीले सबैजसाे सूचांकहरूमा प्रत्यक्ष असर पारेकाे देखिन्छ ।
कम्पनीले गत आवमा निक्षेप संकलनमा अघिल्लाे आवकाे तुलनामा ९.३७ प्रतिशतले तथा ऋण लगानीमा जम्मा ३.९५ प्रतिशतकाे बढाेत्तरी भएकाे छ । निक्षेप १ खरव ४९ अरव ३९ कराेड पुगेकाे छ भने कर्जा लगानी १ खरव २३ कराेड रहेकाे छ । साेही समयमा सिसिडी अनुपात ४ प्रतिशतले घटेर ७१.९७ कायम हुन आएकाे छ ।
समिक्षा अवधिमा बैंककाे खुद नाफा, वितरणयाेग्य नाफा, प्रतिशेयर आम्दानीमा संकुचन आएकाे छ । निष्कृय कर्जा त १०४ प्रतिशतले बढेर २.७८ प्रतिशत पुगेकाे छ । तर, जगेडा काेषमा भने १२.११ प्रतिशतले सुधार हुदै १० अरव ९५ कराेड ५४ लाख पुगेकाे छ ।
नेपाल इन्भेष्टमेण्ट वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- वैंकको चुक्ता पूंजी १२ अरव ८६ कराेड ९७ लाख रहेकाे छ । गत भन्दा २०.८९ प्रतिशतले पूंजी बृद्धी भएकाे छ ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा २.७८ प्रतिशत छ,
- यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) २६ रूपैया ५४ पैसा,
- प्रति सेयर नेटवर्थ १९९ रूपैंया ७८ पैसा,
- आधार ब्याजदर ८.३३ प्रतिशत ,
- कोषको लागत ६.३१ प्रतिशत
- पूंजी काेष अनुपात १३.६५ प्रतिशत,
- सीसीडि ७१.९७ प्रतिशत र
- मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेकाे छ ।
