नेपाल बैंककाे वार्षिकोत्सवका उपलक्ष्यमा आन्तरिक फुटसल प्रतियोगिता आयोजना

Investopaper, कार्तिक २७, २०७६

नेपाल बैंकद्वारा ८३ औं वार्षिकोत्सवका उपलक्ष्यमा आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरियो । उक्त प्रतियोगितामा पुरषतर्फ आईटी विभाग टिमले इस्टर्न टिमलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

फाइनलमा आईटी विभाग टिम शून्यका विरुद्ध ३ गोलको फराकिलो अन्तरले विजयी भएकाे थियाे । सो खेलमा आईटी विभाग टिमका रन्जन वरालले ह्याट्रिक गरेका थिए अर्थात तीनै गाेल उनैले गरेका थिए ।

त्यस्तै महिलातर्फ प्रधान कार्यालय र काठमाडौ बैंकिङ अफिसको संयुक्त टिमले प्रथम स्थान हासिल गरेको छ । उक्त फुटसल प्रतियोगिताको बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उद्घाटन गर्नु भएकाे थियाे ।

आईटी विभागका प्रमुख किरणजंग कार्कीको संयोजनमा पुरषतर्फ ८ टिम र महिलातर्फ २ टिम गरी १० टिमको सहभागिता रहेको उक्त फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थिति रहेकाे थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *