१३ औं साग सफल बनाउनु सबैको जिम्मेवारी र दायित्व

Investopaper, कार्तिक २७, २०७६

काठमाडौँ — खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले निर्धारित समयमै पूर्वाधारलगायतका सम्पूर्ण तयारी सकिने भएकाले १३ औं साग खेलकुद भव्यसँग सफल पार्न आ–आफ्नो क्षेत्रबाट दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित मंगलबार सुरु मिडिया वर्कसपमा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले साग आयोजना सुनिश्चित भएसँगै अब यसलाई सफल बनाउनु सबैको जिम्मेवारी र दायित्व रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले साग खेलकुदलक्षित गरेर दुईदिने मिडिया वर्कसप आयोजना गरेको छ । ठूलो खेलकुद प्रतियोगिताको रूपमा रहेको सागका लागि समाचार संकलन र लेखन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले वर्कसप गरिएको मञ्चले जनाएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस्ता वर्कसपबाट खेलकुद प्रतियोगितासम्बन्धी प्राविधिक ज्ञान हासिल हुने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव रमेशकुमार सिलवालले अर्जुनदृष्टिमा रहेर १३ औं सागको तयारी गरिरहेको बताउँदै कुनै पनि हिसाबले सफल आयोजनामा कमी हुन नदिने जानकारी गराए । पहिलो दिन अग्रज खेलपत्रकार राजु सिलवालले खेलकुद रिपोर्टिङका क्रमका आफ्ना अनुभव साटे भने द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालले ठूला खेलकुद इभेन्टबाट नेपाली मिडिया कस्ता समाचार अपेक्षा गर्छ त भन्ने विषयमा बोलेका थिए । कराँते, जुडो, तेक्वान्दो, फुटबल, पौडीलगायतका खेल संघका प्रतिनिधिले आफ्नो खेलको साग तयारीबारे चर्चा गरेका थिए । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *