पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

इन्भेष्टोपेपर । चैत्र २०, २०७६

काठमाण्डौ – पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले तीन वटै पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो ।

अब काठमाण्डाैमा पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । दूरी अनुसार भाउ पनि फरक फरक ताेकिएकाे छ ।

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ । यसका साथै खाना पकाउने ग्यासकाे मूल्य भने यथावत कायम गरिएकाे विज्ञप्तिमा जनाइएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य विगत १८ वर्ष यताकै कम हुँदा पनि आयल निगमले साेही अनुपातमा नघटाउँदा चौतर्फी आलोचना भइरहेको थियो । अप्रिल १ तारिखकाे राती १२ बजेदेखि लागु हुने गरि भाउ घटाइएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *