प्रताप दाश र तुलाशा लिम्बुको नयाँ गीत “नौ तले घर” सार्वजनिक (भिडियोसहित)

इन्भेष्टाेपेपर । पुष ०९, २०७७ 

नौ तले घरको चारकुने आँगन माटैले लिपौँला
त्यही आँगनीमा बसेर संगै पिरती खिपौँला ।
लहरे बरको नुहाइ डाली पात है टिपाैँला
नौ तारे रेलमा बसेर संगै पिरती खिपौँला ।।

चर्चित युवा गायक प्रताप दास र गायिका तुलासा लिम्बुको नयाँ गीत नौ तले घर सार्वजनिक भएको छ । यस मिठाे गीतका रचनाकार डि.पी. खनाल हुनुहुन्छ । यसैगरि संगित तारा प्रकाश लिम्बुको रहेका छ भने संगित संयोजन निरज श्रेष्ठको रहेको छ ।

भिडियोमा निर्देशक र कोरियोग्राफ गम्भीर बिष्टको, सिनेमाटोग्राफर नबराज उप्रेती, सम्पादन र कलर संयोजन नबिन निरौलाकाे रहेकाे छ ।

यस गीतकाे म्यूजिक भिडियाे निकै कलाकारितापूर्ण बनेकाे छ । चर्चित र युवा कलाकार सरोज अधिकारी, आश्मा विश्वकर्मा (कार्टुन र्कुउ), गम्भीर बिष्ट र करिश्मा सिहं ठुकुरीको निकै राम्राे अभिनय देख्न पाइन्छ ।

याे म्युजिक भिडियोलाई केन्द्र मोशन पिक्चर्सको अफिशियल युटुबमा हेर्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *