फेरि घट्यो सुनचाँदीको मूल्य
इन्भेष्टाेपेपर । फागुन २५, २०७७
आज मंगलबार स्थानिय बजारमा सुनकाे भाउ ६ सय रूपैयाँले ओरोलो लागेकाे छ ।
सोमबार तोलाकाे ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ६ सय रूपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनकाे भाउमा पनि ६ सय रूपैयाँले घटेकाे हाे । हिजाे स्थानिय बजारमा तेजाबी सुन प्रतिताेला ८५ हजार ७ सय ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।
आज मंगलबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।
