कार्यदलले प्रतिवेदन बुझायाे, लगानीकर्ताका धेरैजसाे माग समाविष्ट तर कार्यान्वयनमा जाेडदिदैं अनसन जारी

INVESTOPAPER, December 20, 2018

मुद्रा बजार र पूँजी बजारको सुधारकलागि गठन गरिएको कार्यदलले पुँजीबजार सुधारका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरेर सुझाव कार्यान्वयन गर्न सुझाएको छ । समितिले बजारको तत्कालको अवस्थालाई सम्बोधन गर्न तथा दीर्घकालीन रूपमा बजार सुधारका लागि गर्नुपर्ने काम छुट्याएर प्रतिवेदन बुझाएको समितिका संयोजक डेपुटी गभर्नर श्रेष्ठले बताए । अर्थ मन्त्रालयलमा वुधवार नै बसेको उच्च स्तरित वित्तीय क्षेत्र समन्वय समितिको बैठकले उक्त प्रतिवेदनमा उल्लेख भएका सुझावहरु यथाशिघ्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्काे तर्फ वार्तामा सामेल भएका लगानीकर्ता समूहहरूले अफ्ना ९० प्रतिशत मागहरू प्रतिवेदनमा समेटिएकाे जनाएकाछन । प्रतिवेदनमा के के समेटिएका छन् भन्ने बारे केहि खुलाईएको छैन र पत्रकारहरूलाइ पनि प्रवेश गर्न दिइएकाे थिएन ।

उता प्रतिवेदनलाइ प्राथमिकता दिदै तत्काल कार्यान्वन गर्न सकिने कुरालाई कार्यान्वयन गरी इमान्दारिता देखाउनु पर्याे भन्दै नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि सोमबारदेखि आमरण अनसनमा बसेका दुई लगानीकर्ताले अनसन तोडेका छैनन्।

दवाव समूहकाे भनार्इ छ, सरकारलाई बुझाइएको प्रतिवेदनमा भएका सबै सुझाव कार्यान्वयन गर्न नसकिएपनि गर्न सकिने काम तत्काल पूरा गर्न माग गरेका छन्। “सबै नसकिएला तर तत्काल कार्यान्वयन गर्न सकिने भनि दिएका  सुझाव वा काम तत्काल कार्यान्वन गर्नु पर्यो। त्यसपछि अनसन तोड्ने बारे हामी दवाव समूहका साथीहरू बिच सल्लाह गर्छौ ।” आमरण अनसनमा बसेका दबाब समूहका संयोजक हरि ढकालको भनाई छ। हरी ढकालका साथै तिलक कोइराला पनि आमरण अनसनमा छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *