बजार निर्माताको इजाजत पत्र नवीकरण गर्ने तथा नयाँ इजाजत पत्र सम्बन्धि राष्ट्र बैंकको सूचना।

नेपाल राष्ट्र बैंकले विभिन्न संस्थाहरुलाई बजार निमार्ताको इजाजतपत्रहरु प्रदान गर्दै आएकोमा उक्त इजाजतपत्रहरुको नवीकरण गर्न इच्छुक संस्थाहरुले इजाजतपत्रको बहाल अवधि समाप्त हुन अगावै तथा नयाँ इजाजत लिन इच्छुक संस्थाहरुले निम्न कागजातहरु संलग्न गरी सम्बन्धित विभागमा आवेदन दिन निर्णयानुसार तलको सूचना प्रकाशन गरेको छ।
(१) आवश्यक कागजातहरु
(क) पछिल्लो आर्थिक वर्षको वित्तीय प्रतिवेदन,
(ख) प्रबन्धपत्र र नियमावली (नवीकरण गर्नेको हकमा पहिले पेश गरेको शंसोधन भएको खण्डमा मात्र पेश गर्ने)
(ग) नयाँ इजाजत लिनेको हकमा वित्तीय कारोबार गर्न प्रदान गरिएको इजाजत पत्रको प्रतिलिपि ।
(घ) नयाँ इजाजत पत्र लिन दस्तुर वापत रु. १०,०००।– र नवीकरणको लागि दस्तुर वापत
रु.५,०००।– नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालयमा रहेको यस बैंकको खाता नं. १२०००००–
०३०–०१२–५२४ मा बुझाएको भौचरको सक्कल प्रति ।
(ङ) नवीकरण गर्नेको हकमा यस विभागबाट यस अघि प्रदान गरेको बजार निर्माताको इजाजत
पत्रको सक्कल प्रति ।
(च) समयमै नवीकरणको लागि आवेदन नदिएमा बजार निर्माता सम्बन्धी कार्यविधि, २०७० (पहिलो संशोधन २०७३ सहित) मा व्यवस्था गरे अनुसार हुने ।
(२) नयाँ इजाजत लिन आवश्यक कागजातहरु संलग्न गरी जुन सुकै समयमा पनि यस विभागमा निवदेन दिन सक्ने ।
(३) नयाँ इजाजत तथा नवीकरण ३ (तीन वर्ष) को लागि हुनेछ ।
(४) नयाँ इजाजत तथा नवीकरण गर्दा बजार निर्माता सम्बन्धि कार्यविधि, २०७० (पहिलो संशोधन २०७३ सहित) अनुसार हुने र इजाजत प्राप्त संस्थाहरुले सो कार्यविधि, बचतपत्र सम्बन्धि सबै नीति नियमहरु र सो सम्बन्धि भविष्यमा हुने अन्य व्यवस्थाहरु समत पूर्ण रुपमा पालन गर्नु पर्नेछ ।
(५) अब उपरान्त बजार निर्माताहरुको इजाजत पत्र नवीकरण गर्न म्याद समाप्त हुने मिति
अगावै नवीकरणको लागि निवेदन पेश गर्न समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *