यो हप्ता सुन कतिले बढ्यो त?
जेष्ठ २४, २०७६ (शुक्रबार)
आज नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ। हिजो नेपाली बजारमा सुन प्रति तोला रु.६२,३०० मा कारोबार भएकोमा आज शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रति तोलामा ३०० रुपैयाले बढेको थियो।
यस्तै एक हप्ताको अवधिमा सुन १३०० रुपैयाले उकालो लागेको छ। जेठ १७ गते सुनको मूल्य प्रतितोला रु. ६१,००० थियो।
यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ६२,००० रुपैँया रहेको छ।
नेपाली बजारमा चाँदीको मुल्य भने केही दिन देखि स्थिर देखिएकोमा आज ७१५ रुपैया प्रति तोलामा कारोबार भईरहेको छ।
