बहराइनमा थप ७७ जना नेपालीमा कोरोना संक्रमण

इन्भेष्टोपेपर । वैशाख १७, २०७७ 

काठमाडौं । बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित भएका छन् । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिए संगै संक्रमित नेपालीको संख्या १२६ पुगेको हो । बहराइन स्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

बहराइन अधिराज्यमा २८ अप्रिल अर्थात हिजो सम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या १५ सय ५६ जना रहेकोमा दुई जना गम्भिर अवस्थामा रहेको दूतावासले बताएको छ ।

संक्रमणबाट निको भई एक हजार २४६ डिस्चार्ज भएका छन् । साथै मृतकको संख्या आठ पुगेको छ । बहराइन सरकारले श्रमिकहरुको स्वास्थ्य र सुरक्षा लागि नयाँ आवासमा स्थानान्तरण सुरु गरेको दूतावासले बताएको छ ।

हिजो बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका परराष्ट्र मन्त्रालयका अधिकारीहरु संग कुराकानी गर्नुभएको दूतावासले जानकारी दिएको छ । कुराकानीमा श्रमिकहरुको सुरक्षाप्रति राजदूतावासले जनाउँदै आएको चासोलाई बहराइन सरकारले गम्भिरतापूर्वक लिएको जानकारी गराएकोे दूतावासले बताएको छ ।कामदारको वासस्थानमा स्वास्थ्यकर्मी उपलब्ध रहने जानकारी दिएको दूतावासको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कामदारको रुचीको श्रम गन्तव्य रहेको बहराइन अधिराज्यमा गत फ्रेबुअरी २१ बाट कोरोना संक्रमण प्रसार देखिएपछि कामदारको स्वास्थ्य तथा सुरक्षामा थप संवेदनशील हुन नेपाली दूतावासले बहराइनको श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई बारम्बार अनुरोध गर्दै आएको छ ।
बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफि दिने निर्णय गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । बहराइनमा कार्यरत कुनै नेपाली कुनै समस्यामा परे दूतावासमा सम्पर्क गर्न दूतावासले अनुरोध समेत गरेको छ । याे समाचार आजकाे गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *