अम्बे स्टील्सद्वारा कोभिड-१९ उपचार कोषका लागि रु.२५ लाखकाे चेक हस्तान्तरण

इन्भेष्टोपेपर । वैशाख १७, २०७७ 

कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउनको लागि अम्बे स्टील्स प्रा.लि.ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ ।

अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गर्नु भएको हाे ।

नेपालको स्टील्स जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरुको विश्वास जित्न सफल अम्बे स्टीलस्ले यस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ । आफ्नो स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको अम्बे स्टीलस्ले आगामी दिनहरुमा पनि भरपूर सहयोग गर्ने कुरा बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *