बालक बलात्कारीलाई सार्वजनिक स्थलमै गोली ठोकियो

 माघ २८, २०७५,  एजेन्सीः

अडेन – यमनमा १२ वर्षिय पुरुषको अपहरण गरेर बलात्कार गर्ने दुई पुरुषलाई सार्वजनिक स्थलमै गोली ठोकेर मारिएको डेली मेलले जनाएको छ ।
२८ वर्षिय वादाहा रेफाट र ३१ वर्षिय मोहमद खालिदमाथि गत वर्षको मे महिनामा मोहमद साद नाम गरेका किशोरलाई अपरहरण गरेर हत्या गरेको आरोप लागेको थियो ।

यी दुई अपराधीलाई गोली ठोकेर मार्दाको समयमा बन्दर्गार्हा सहर अडेनमा हेर्नका लागि सैयौ मानिसको भीड लागेको थियो ।
उक्त बालकलाई घरैबाट घिसारेर लगेर बलात्कार गरिएको थियो ।

“बलात्कारपछि बच्चा रोएको र उनीहरुले बच्चालाई शान्त पार्न सकेका थिएनन् । बालकले सहयोग मागेका थिए । बलात्कारी मध्येका एकले चक्कु समातेर बालकको घाटी रेटेका थिए,” एल मुन्डो राज्यको अदालती दस्तावेजमा उल्लेख गरिएको छ । बालकको शरीर काटेर क्षत विक्षत पार्नका लागि रेफाट र खालिदलाई सघाएको आरोपमा एक ३३ वर्षिय महिलालाई पनि मृत्यू दण्डको फैसला सुनाइएको छ ।
तर महिला गर्भवती भएकाले उनको मृत्यूदण्डको समयलाई भने पर सारिएको डेली मेलमा उल्लेख छ ।

यमनमा मृत्यू दण्डको दर विश्वमै उच्च मध्येमा रहेको छ । गोली ठोकिनु मृत्यू दण्डको सामान्य प्रक्रिया नै रहदै आएको छ । यो मुलुकमा सरिया कानुन लागु हुदै आएको छ र हत्या, बलात्कार र आतंकवाद जस्ता अपराधमा मृत्यू दण्डको सजाय दिइने गरेको छ । याे समाचार अाजकाे काराेवार दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *