भारतमा ई-सिगरेट प्रतिबन्धित
Investopaper, असाैज ०२, बिहीबार, २०७६
नयाँ दिल्ली — भारतको केन्द्रीय सरकारले देशभरी ई-सिगरेट (विद्युतीय चुरोट) प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले ई-सिगरेट प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
भारतमा ई-सिगरेटकाे लत आम नागरीकमा बढदै गएकाे हुदा प्रतिबन्ध लगाइएकाे जनाइएकाे छ । अर्थमन्त्री निर्मला सीतारमणका अनुसार नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखि प्रतिबन्ध लगाइएको हो ।
त्यसैगरि केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले देशभर ई-सिगरेट प्रतिवन्ध गर्ने अध्यादेश पास भएकाेमा प्रधानमन्त्री नरेन्द्र माेदीलाइ बधाइ दिए । याे निर्णयबाट देशका जनताहरूकाे स्वास्थयमा सकारात्मक प्रतिक्रिया देखा पर्ने बताए ।
भारतमा ई-सिगरेट नबन्ने भएकाले सबै आयात गरिदै आएकाे छ । प्राप्त तथ्यांकका अनुसार १५० भन्दा बढी फ्लेबरमा ४०० भन्दा बढी ब्राण्डका ई-सिगरेट बिक्रि वितरण भैरहेकाे जनाइएकाे छ ।
ई-सिगरेट र ई-हुक्का सम्वन्धि कानून उल्लंघन गर्नेलाइ पहिलो पटकलाई एक बर्ष र १ लाख सम्मकाे जरिमाना ताेकिएकाे भएता पनि एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा ३ बर्षकाे सजाय तथा ५ लाख सम्मकाे जरिमानाको व्यवस्था गरिएको अधिकारीहरु बताएका छन् ।
— एजेन्सी
