भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

इन्भेष्टोपेपर ।  श्रायण २३, २०७७

भारतमा ‘कोभिड – १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ ।

गत २४ घण्टामा भारतका विश्वमै सबैभन्दा धेरै ६२ हजार १७० जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि कुल सङ्क्रमितको सङ्ख्या २० लाख २६ हजार ५०९ पुगेको वल्ड्राेमिटरले जानकारी दिएको छ ।

वल्ड्राेमिटरका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७७ हजार ३८४ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ ।

2077/04/23 worldometer

भारतमा कोरोना सङ्क्रमितमध्ये ४१ हजार ६३८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ८ सय ९९ जनाले ज्यान गुमाएकाछन् भने निको हुनेको सङ्ख्या पनि वृद्धि भएको देखिएको छ । हाल भारतमा छ लाख ६ हजार ३८७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ ।

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *