भारतमा संक्रमित बढदै, एकैदिन ७ हजार बढीमा कोरोना संक्रमण

इन्भेष्टोपेपर ।  जेष्ठ १२, २०७७

काठमाडौं — भारतमा प्रतिदिन काेराेना संक्रमितकाे संख्यामा बृद्धी हुदै गएकाे छ । पछिल्लाे २४ घण्टामा ७ हजार १ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । हिजाे ६ हजार ७ सय ५७ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे थियाे ।

वल्डाेमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ५६ जनाको मृत्यु भएको छ । 

हालसम्म भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ४ हजार ५४ जनाको मृत्यु भएको छ । त्यस्तै ५७ हजार ६ सय ९२ जना निको भएका घर फर्किएकाछन् । छिमेकी राष्ट्र भारतमा संक्रमण बढनाले नेपालमा पनि नेपालमा पनि सिधा प्रभाव पर्ने देखिएकाे छ ।

worldomrter – 2020/05/25

कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ५४ लाख ९४ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म ३ लाख ४६ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ जसमध्ये करिव १ लाखकाे मृतक अमेरिकाका रहेकाछन । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिव २३ लाख निको भएका छन् ।

विश्वमा प्रतिदिन संक्रमितहुनेहरूकाे संख्यामा कमि नदेखिएता पनि मर्नेहरूकाे संख्यामा भने कमि अाएकाे तथ्याँकले देखाएकाेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *