मधुमेहका रोगीले कस्तो फल सेवन गर्नु उपयुक्त ?

इन्भेष्टाेपेपर । माघ २०, २०७७

मधुमेहमा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । यद्यपि शरीरमा ब्लड सुगर बढ्नु र घट्नुमा अरु केही कारण हुन्छन् । जस्तो, तपाईंलाई टाइप २ डाइबिटिज छ भने तपाईंको इन्सुलिन सही ढंगले सुगर पच्न पाइरहेको हुँदैन । तब यो सुगर सोझै तपाईंको रगतमा पुग्छ र ब्लड सुगरको मात्रा बढ्छ ।

यसैगरी मोटोपन, हाई कोलेस्टोर, अस्वस्थ्य बोसोयुक्त खानेकुराले पनि तपाईंको शरीरमा ब्लड सुगरको मात्रा बढाइदिन्छ । यसरी विविध कारणले शरीरमा ब्लड सुगरको मात्रा बढ्ने भएकाले त्यसका सम्बन्धमा विभिन्न भ्रम एवं दुविधा रहेको पाइन्छ । खासगरी फलफूलको सेवनलाई लिएर मधुमेह रोगीहरु स्पष्ट हुँदैनन्, कस्तो फल खाने वा कस्तो नखाने ? कति खाने, कसरी खाने ?

मधुमेह भएका अवस्थामा आँप, केरा, सीताफल, र अंगुर जस्ता फल खान हुन्न । किनभने यी फलहरुमा चिनीको मात्रा अत्याधिक हुन्छ । चिकित्सकहरुले यी फलहरु मधुमेहका रोगीलाई नखान सुझाव दिने गरेका छन् ।

मधुमेहका रोगीले केरा खान हुन्छ कि हुन्न त ? केरामा एक उच्च ग्लाइसेमिक सुचकांक हुन्छ, जसको अर्थ यसमा चिनीको मात्रा बढी र फाइबर कम हुन्छ । यसमा रहेको चिनीले पनि मधुमेह रोगीलाई राम्रो गर्दैन । यद्यपि तपाईंले केरालाई सही मात्रामा र सीमित मात्रामा सेवन गर्ने हो भने, यसले त्यती हानी पनि गर्दैन ।

कस्तो फल उपयुक्त ?

सुन्तलाः

विशेषज्ञ डाक्टरका अनुसार सुन्तला निकै फाइदाजक हुन्छ । सुन्तला मधुमेह रोगीका लागि एक सुपरफूड हो । यद्यपि सुन्तलाको जुस भने उचित हुँदैन । यसमा अतिरिक्त चिनी मिसाइएको हुन्छ । यद्यपि ताजा सुन्तला सेवन गर्ने हो भने यसमा फाइबर, भिटामिन सि, फोलेत र पोटासियम आदि पाइन्छ, जसले ब्लड सुगरको मात्रा नियन्त्रण गर्छ ।

स्ट्राबेरीः

मधुमेहका बिरामीहरूकाे लागि स्ट्राबेरी निकै उपयुक्त फल हाे । यसमा निकै कम मात्रामा कार्वाेहाइड्रेट हुने र प्रसस्त भिटामिन सी, फाेलिक एसिड, पाेटेसियम तथा एन्थाेमाएसिन जस्ता एन्टीअक्सिडेन्ट पाइने हुनाले चिनिकाे मात्रा नियन्त्रण गर्न मद्दत पुर्याउँछ । एक कप स्ट्राबेरीकाे जुसमा एक कप सुन्तलाकाे जुसमा जति नै भिटामिन सि पाइन्छ ।

अम्बाः

अम्बा पनि मधुमेह रोगीका लागि निकै उपयुक्त फलमध्येमा पर्छ । यसमा लो ग्लाइकोमिक इन्डेक्स हुने भएकाले मधुमेह नियन्त्रणमा सहयोग गर्छ । यो फाइबरको समृद्ध स्रोत पनि हो । यसमा भिटामिन ए र सि अधिक पाइन्छ, जो मधुमेह रोगीका लागि उचित हुन्छ ।

नास्पातीः

नास्पतीमा २८ प्रतिशत चिनी हुन्छ । यसमा महत्वपूर्ण मात्रामा भिटामिन सि, थायमिन, पोटाशियम, म्याग्नेसियम र फाइबर हुन्छ । चिनीको मात्रा बढी भएपनि नास्पती निकै फाइदाजक हुन्छ ।

माैसमः

मौसममा भिटामिन सिको मात्रा बढी हुन्छ । यसमा चिनीको मात्रा धेरै हुँदैन । मधुमेह रोगीका लागि यो फल पनि निकै उपयोगी हुन्छ ।

जामुनः

मधुमेहका राेगीहरूकाे लागि जामुन अति सहायककारी फलफूल हाे । यसमा ८२ प्रतिशत पानी र १४.५ प्रतिशत कार्वाेहाइड्रेट हुन्छ । जामुनमा पाइने हाइपाेग्लासेमिक (Hypoglycemic) तत्वले रगत तथा पिसावमा भएकाे चिनीकाे मात्रा घटाउन मद्दत गर्दछ । जामुनकाे गुदी मात्र नभएर दानाले पनि चिनिकाे मात्रा नियन्त्रण गर्न सहयाेगी भूमिका निर्वाह गर्दछ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *