माेबाइल सेवा अपग्रेड हुँदैः सेवामा सामान्य समस्या देखिन सक्ने टेलिकमकाे सूचना

Investopaper, भाद्र २२, २०७६

काठमाडौं — नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

यो सेवा अपग्रेड गर्दा कुनै समस्या देखिएर ग्राहकवर्गमा पर्न सक्ने असुबिधा प्रति क्षमाप्रार्थी रहेकाे कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *