मुक्तिनाथ बिकास बैंकले ल्यायाे बिशेष लाभ याेजना
इन्भेष्टोपेपर । श्रायण ०८, २०७७
मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ ।
यस योजनाअन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकले जनाएकाे छ ।
- न्युनतम ब्याजदर
- ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने
- नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट
- एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन
- कर्जा सेवा शुल्कअधिकतम १ प्रतिशतमात्र
- विना सुरक्षण शुल्कमा Locker सुविधा
- बैंकको नियमानुसार शर्तहरु लागु हुनेछ ।
यसकासाथै, बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गर्नुभएमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ ।
मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमाआधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदानगर्दै आईरहेको छ ।
