मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा छुट
इन्भेष्टोपेपर । श्रावण २८, २०७७
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।
मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जस अन्तर्गत, NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), Bajeko Sekuwa रहेकाछन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५% सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।
बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तर शाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिषा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनुभयो ।
