मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

इन्भेष्टाेपेपर ।  मङ्सिर १५, २०७७

मुक्तिनाथ विकास बैंक लि.ले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाट, काठमाण्डौ स्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास आज गरिएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष श्री भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गर्नु भएको हो । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नो भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ ।

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहनु भएको थियो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *