मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

इन्भेष्टोपेपर । असार ९, २०७७

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनुभएको श्री बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९।०० मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज रु.२०३,४८३।०० र काजक्रिया खर्च बापतको रकम रु.५,०००।०० समेत गरी जम्मा रु.२,०८,४८३।०० (अक्षरुपी दुई लाख आठ हजार चार सय त्रियासी रुपैंया मात्र ) बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख श्री सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख श्री ढुण्डराज पौडेलले मृतककी छोरी श्री विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्युभएमा बाँकी कर्जा र ब्याज मिनाहा गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *