१ हजारमा किनेको औंठी १० करोड ७५ लाखमा लिलामी

इन्भेष्टोपेपर । असार १०, २०७७

कहिले काहिँ मानिसलाई नसोचेको फाइदा पुग्छ । समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ ।

यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् ।

द सनमा प्रकाशित समाचार अनुसार  गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सेलमा १० पाउन्ड(१ हजार ४ सय ५३ रुपैयाँ) मा किनेकी थिइन् ।

अहिले तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन् । गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए ।

गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड( करिब १० करोड ७५ लाख नेपाली रुपैयाँ) प्राप्त गर्यो । यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी अभावग्रस्त जीवनबाट मुक्त भएका छन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *