मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । फागुन २०, २०७६

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जागरुक बनाउनुभएको थियो ।

वित्तीय जागरण गराउने उद्देश्यले मेगा बैंकले देशभर छरिएका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । यो अभियान जारी रहेको मेगा बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *