ग्लोबल आइएमई बैंकद्वारा टीकापुर, कैलालीमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । फागुन २०, २०७६

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो ।

 उक्त कार्यक्रममा बिरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख श्री हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *