मोबाइल फोनमा १०८ मेगापिक्सेलको क्यामरा

Investopaper, कार्तिक २०, २०७६

चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सेलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ।

उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भएपनि उसकै आफ्नो उत्पादनमा भने यो ‘फिचर’ राखिसकेको छैन।

चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले “अत्यधिक मात्रामा स्पष्ट तस्बिर” कैद गर्ने क्षमता राख्छ।

तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएको तस्बिरमा कम रिजोल्युसन भएका फोन भन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ।

एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ।

तर शाउमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरिने एमआइ नोट १० मा समावेश गर्ने बताएको छ।

हालसम्म १०० मेगापिक्सल भन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्नसक्छ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्ने छ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्ने छ।

तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *