यस आर्थिक वर्षभित्र लक्ष्यको ६० प्रतिशत विद्युत् थपिने

इन्भेष्टाेपेपर । माघ १४, २०७७

काठमाडौँ ।  यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत्
उत्पादन थपिनेछ ।

कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्लेख छ ।

सरकारी तथा निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले अपेक्षाकृत गति लिन नसक्दा सरकारले निर्धारण गरेको विद्युत् उत्पादनको लक्ष्य मेल नखाने देखिएको हो । चालू आर्थिक वर्षको पहिलो छ महिना सकिँदा विद्युत् विकास विभागले तयार पारेको विवरणअनुसार २१ वटा जलविद्युत् आयोजनाबाट ७६४ मेगावाट मात्र यो वर्षमा थप हुने अनुमान गरिएको छ । यसबाहेक चारवटा सौय ऊर्जा आयोजनाबाट २२ मेगावाट थप हुने देखिएको हो ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार आयोजना प्रवद्र्धक कम्पनीले यो वर्ष कोरोना महामारीको प्रभाव झेल्नुपरेको देखिएको छ । “प्रवद्र्धक कम्पनीहरूले अपेक्षा गरेअनुसार विदेशबाट प्राविधिक ल्याउन समस्या झेल्नुपरेको देखिन्छ,” उहाँले भन्नुभयो, “विश्वमा विभिन्न स्थानमा भएका बन्दाबन्दीले प्राविधिक उपकरणसमेत ल्याउन सकेनन् ।” खासगरी चिनियाँ प्राविधिक तथा कामदार कोरोना महामारीका कारण कार्यस्थलमा फर्कन नमान्दा प्रवद्र्धकहरूले समस्या झेल्दै आएका हुन् । त्यस्तै रसुवागढी नाकाको अवरोधले पनि कतिपय आयोजनाका सामान नेपाल आउन सकेका छैनन् ।

विभागको संशोधित आकलनअनुसार चालू आर्थिक वर्षभित्र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ४५६ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ । स्वदेशी लगानीमा निर्माणाधीन सो आयोजनाबाट चैतभित्र एउटा युनिटबाट आंशिक विद्युत् उत्पादन थाल्ने तयारी छ ।

सम्पन्न गर्ने भनिएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना यो अवधिमा सम्पन्न हुने सूचीमा परेको छैन । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीमार्फत बनाउन लागिएको १०२ मेगावाटको मध्य भोटेकोसी यो वर्ष पनि तयार नहुनेमा परेको छ । त्यसैगरी ४२.५ मेगावाट क्षमताको सान्जेन पनि बन्ने छैन भने १४.८ मेगावाटको माथिल्लो सान्जेन भने तयार हुने देखिएको विभागको आँकडाले देखाएको छ ।

यो वर्ष प्रणालीमा जोडिने महìवपूर्ण आयोजनामा निजी क्षेत्रको ग्रिन भेन्चर प्रालीले ओखलढुङ्गा र रामेछापमा बनाउन लागेको ५२.४ मेगावाटको लिखु–४ रहेको छ । माउन्टेन इनर्जीले म्याग्दीमा बनाएको ४२ मेगावाट क्षमताको मिस्त्री खोला पनि विद्युत् प्रणालीमा जोडिने अन्तिम तरखरमा छ । त्यस्तै दोलखास्थित २५ मेगावाटको खानीखोला–१ पनि यसै आवभित्र सम्पन्न हुने देखिएको छ । सोही क्षमताकै सिङ्टी जलविद्युत् पनि यसै वर्ष सक्ने तयारी प्रवद्र्धक सिङ्गटी हाइड्रो इनर्जीको छ । सिन्धुपाल्चोकस्थित माथिल्लो चाकु ए पनि आउनेको सूचीमा छ ।

विभागले गरेको आकलन आर्थिक वर्षको बाँकी छ महिनामा पूर्ण मेल नखान सक्ने सम्भावना पनि बाँकी नै छ । “अहिले बनाउन सक्छु भनेर अन्तिम तयारीमा रहेका आयोजना प्रवद्र्धकले अझै समस्या झेल्न सक्छन्,” सिंहले थप्नुभयो, “ प्रवद्र्धकको योजना र हाम्रो अनुगमनलाई आधार मान्ने हो तर अनपेक्षित समस्या आउँदा उत्पादनको लक्ष्य प्रभावित हुन पुग्छ ।” याे समाचार आजकाे गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *