यस बर्षकाे दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा

Investopaper, भाद्र २३, २०७६

काठमाडौं – यस वर्षको दशैंको टीका असाैज २१ गते परेकाे छ । उक्त दिन टिकाकाे शुभ साइत विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले विजया दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए । यस वर्ष असोज १२ गते (आइतबार) देखि नवरात्र शुरु हुने छ। नव रात्रको पहिलो दिन घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

यस्तै, १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको छ भने १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *