लुम्बिनी विकास बैंकको मगंलबजारमा नयाँ शाखा
इन्भेष्टाेपेपर । मङ्सिर २९, २०७७
लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने आफ्नो नीति अनुरुप मिति २०७७ मंसिर २९ गते देखी ललितपुर जिल्लाको ललितपुर, महानगरपालिका महापाल वडा नं. १६, मगंलबजारमा आफ्नो ६९ औं शाखाको रुपमा शाखा कार्यालयको शुभारम्भ गरेको छ ।
बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सातवटै प्रदेश अन्तर्गतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्ग कारोवारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराईयो ।
बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैकको कुल जगेडा कोषमा रु १ अर्ब ६६ करोड रहेको छ । २०७७ असोज मसान्त सम्ममा बैंकको कुल कर्जा सापटी रु २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।
यस विकास बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ६४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पुर्याउने लक्ष्य लिएको छ ।
