विडम्वना ! जसलाइ विवाह गर्न राजगद्दी त्यागे, एक वर्षमै डिभाेर्स

Investopaper, श्रावण ०६, २०७६

प्रेम र युद्धमा जे पनि हुनसक्छ, सबै जायज भन्ने उक्तिलाइ चरीतार्थ गरेका थिए मलेशियन सुल्तानले । आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग विवाह गर्न राजगद्दी त्यागेका मलेशियाका राजा सुल्तान मोहम्मद वी (५१) को एक वर्षमै सम्बन्ध विच्छेद भएको छ । उनले २७ वर्षीय रूसी महिलासँग विवाह गर्न राजगद्दी त्यागेका थिए ।

राजा सुल्तानकी रूसी श्रीमती ओक्साना विवोदिनाबीचकाे विवाह एक वर्ष भन्दा बढी टिक्न सकेन । मनचाहेत प्रेमिका पाउनका लागि सुल्तानले मलेशियाको राजगद्दी त्यागेर रूसको राजधानी मस्को पुगेर विवाह गरेका थिए । अहिले उनी अभागी सावित भएका छन् ।

विवाह गरेकाे एक वर्षभित्रै एक सन्तानलाइ जन्म दिएकि विवोदिनाले इस्लाम धर्म अपनाएकी थिइन । आफ्नो नाम समेत परिवर्तन गरि रिहाना ओक्साना पेट्रा राखेकी थिइन । उनले छोराको नाम इस्माइल लायन राखेकी छन् । छोराको जन्म भएको केही हप्तापछि उनीहरूकाे सम्बन्ध विच्छेद हुँदा आफन्तहरू स्तब्ध भएका छन् ।

उनीहरूको सम्बन्ध विच्छेदकाे प्रक्रिया सिंगापुरमा पूरा भएको थियो । प्रेमका लागि राजगद्दी त्याग्ने सुल्तान र धर्म परिवर्तन गर्ने विवाेदिना अब अलग हुने भएका छन् । पूर्व ‘मिस मस्को’ समेत भैसकेकी विवोदिनाले चीन र थाइल्याण्डमा मोडलिङ्ग गर्दै आएकी थिइन । साेही क्रममा सुल्तानसँग उनकाे प्रेम सुरू भएकाे थियो । उनीहरूकाे सम्बन्ध विच्छद मुस्लिम कानून अनुसार तीन पटक तलाक, तलाक, तलाक भनेर भएकाे थियाे ।

जून २२ तारिखमा सरिया कानून अनुरूप भएकाे सम्वन्ध विच्छेदकाे लामाे समयसम्म मिडियामा आएन । सुल्तानका निजी लयर खाे टाइन हुवाका अनुसार याे पारिवारीक सेक्रेसी भएकाले व्यक्तिगत मामलामा धेरै चासाे राख्न नहुने बताएका छन् ।

सुन्दरी विवाेदिनाले स्थानिय पत्रिका मलेशियाकिनी संग कुरा गर्दै घुमाउराे पारामा आफू र छाेरा मस्काेमा बसिरहेकाे तथा सुल्तान माेहममद वि काे अझै पनि आफू र छाेरा प्रति पूर्ण प्यार रहेकाे बताइन ।

  • एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *