विश्वका धनी व्यक्ति वारेन बफेटले आफ्नो पर्समा कति पैसा बोक्छन् त?

विश्व शेयर बजारका सबैभन्दा ठूला हस्तिका रुपमा स्थापित भएका वारेन बफेट संसारको तेस्रो धनी व्यक्ति पनि हुन्। फोर्बसको अनुसार उनको सम्पतिको मूल्य ८९ अर्ब डलर रहेको छ। आफ्नो ब्रेकफास्टमा जम्मा ३ डलर खर्च गर्ने बफेटले आफ्नो पर्समा कति पैसा बोक्छन् त?

एउटा अन्तरबार्तामा बफेटले सोमबार आफुले ४०० डलर क्यास बोक्ने खुलासा गरेका छन्। बफेटले आफूले धेरै जसो क्यासनै प्रयोग गर्न रुचाउने पनि बताए। यसका साथै उनले आफ्नी पत्नीले पनि क्यासनै प्रयोग गर्न रुचाउने हुँदा क्यासनै झिकेर घर लाने बताए।

बफेटले आफू सँग कम्तीमा एउटा क्रेडिट कार्ड चाहिँ नटुट्ने पनि बताए। उनले अझै पनि सन् १९६४ मा लिएको अमेरिकन एक्सप्रेस कार्ड प्रयोग गर्ने बताए।

तर क्रेडिट कार्ड भन्दा पनि ९८ प्रतिशत समय उनले क्यासबाट नै कारोबार गर्ने जानकारी दिए। यसको कारण भने उनले कार्ड भन्दा क्यास प्रयोग गर्न सजिलो हुने बताए। अनुसन्धानले पनि कार्डभन्दा क्यास प्रयोग गरेर कारोबार वा किनमेल गर्दा खर्च कम हुने देखाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *