विश्वको यस्तो ठाउँ जहाँ विवाह गर्नलाई केटा पाइदैंन !
विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु सामुहिकरुपमा केटाको खोजीमा गर्न थालेका छन् । ब्राजिलको नोइभा डो कोर्डेरियो नामक एयटा सानाे गाउँमा ६ सय जना अविवाहित महिलाहरु रहेका छन् ।
ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका जनाइएको छ । ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहरू विवाहको लागि पुरुष नपाए पछि तनावमा रहेका छन् ।

रुसका महिलाहरुको पनि हालत उस्तै छ । केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका छन ।

यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ । जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् । यो अवस्थालाई हेर्ने हो भने दशौँ हजार पुरुषको कमी भएको पाइन्छ ।
तर चीनमा भने महिलाको कमी रहेको छ । चीनमा अबको केही वर्षपछि २५ प्रतिशत पुरूष अविवाहित बस्नु पर्ने बाध्यता रहेको पाइएको छ ।
- एजेन्सी
