पेट्रोलियम पदार्थको मूल्य घट्यो, तर ग्यास र हवाई इन्धनको यथावत

Investopaper,   असार ०२, २०७६ 

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो।

निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ। यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैयाँ ५० पैसा पर्दछ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तीमा घटाइएको मूल्य आइतबार मध्यरातदेखि लागू हुने उल्लेख छ।

निगमले १५ दिनअघि पनि भाउ घटाएको थियो। अघिल्लोपटक मूल्य समायोजन गर्दा पेट्रोलको मात्रै मूल्य घटाएको थियो।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *