चर्चित गायक रामकृष्ण ढकालकाे पत्नी निलमसँग सम्बन्ध विच्छेद

Investopaper, पौष ९, २०७६ 

नेपालका चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् ।

मंगलबार निलमले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् । न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो।

निलमले सम्वन्ध बिच्छेदकाे लागि अदालतमा निवदेन दिएपछि बुधबार रामकृष्ण ढकालले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए। ढकाल दम्पतिकी छोरी भने आमा निलमसँगै रहनेछन् र निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएकी थिइन । एक अर्काकाे सहमतिमा कानूनी रूपमै अलग भएकाे जनाइएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *