शेयर कारोबारको विवरण खोजी गर्दै, निगरानी बढाउदै अर्थ मन्त्रालय

Investopaper, Jan 27, 2019
शेयर वजारमा देखिएका चलखेल तथा अनावश्यक दवाव दिएकाे अाधारमा सरकारले शंकास्पद सेयर कारोबार बिवरण छानविन गर्ने भएको छ । पछिल्लो समय लगानीकर्ताको हकहितभन्दा पनि व्यक्तिगत स्वार्थका लागि धेरैवटा संघसंस्था खुलेको र त्यस्ता व्यक्तिमार्फत शंकास्पद कारोबार भइरहेको आशंकामा कारोबार बिवरण छानविन गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय श्राेतका अनुसार एउटै व्यक्तिले आफ्नो व्यक्तिगत खाताबाट बार्षिक १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेको जानकारी अाएकाे छ । उनीहरुले आफु बच्नका लागि विभिन्न संघसंस्था खडा गरी आन्दोलनमा उत्रिन थालेपछि अर्थ मन्त्रालयले कारोबार विवरण छानविन प्रक्रिया अघि बढाएको हो । शेयर व्राेकर माथिकाे निगरानी पनि बढाइएकाे छ ।
पछिल्लो समय अर्थ मन्त्रालयले लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेता र शंकास्पद शेयर कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको एक ब्रोकरले जानकारी दिए । ‘हामीलाई अर्थ मन्त्रालयले शेयर कारोबारको विवरण पठाउँन निर्देशन दिएको छ,’ एक ब्रोकरले भने, ‘त्यसमा सबैभन्दा बढी चासो लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेतृत्व गर्ने व्यक्तिहरु माथी रहेको छ ।’
नेपालमा शेयर लगानीकर्ताको हकहितका लागि भन्दै च्याउसरी संघसंस्था खडा भएका छन् । विश्वका कुनै पनि मुलुकमा लगानीकर्ता सम्बन्धी संघसंस्था नभएकोमा नेपालमा करिव आधा दर्जन त्यस्ता संस्था खुल्नु रहस्यमय बन्दै गएको छ ।
सुरुमा लगानीकर्ताको हकहितका लागी भन्दै लगानीकर्ता सिताराम थपलियाको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरम स्थापना भएको थियो । पछि उनी नेपाल स्टक एक्सचेन्जकाे महाप्रवन्धकमा नियुक्ति भए । तर, अहिले शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाब समुह जन्मिएका छन ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *