श्रृंगारिक मुक्तकहरु
— हृदय लेकाली (राम बस्नेत)
झण्डै झण्डै जालभित्र पारेकी हुन् परकीले
लुकाउँछु भन्दाभन्दै चाल पाइन् घरकीले
दोष आफ्नै हो कतै नियतिले पारेको हो
अब यस्तो नगर्नु है भनिन् कठै धरतीले ।
तिमी जत्ति नै राम्री हौ प्रिय तर म त कालु भन्छु
भान्सामा सबै परिकारसित मिल्ने आलु भन्छु
तिम्रो बखान मैलेभन्दा अरुले गरेको राम्रो प्रिय
तिमी सधै कठोर बनेनि म त साह्रै दयालु भन्छु।
घर भुलियो आफन्त भुलियो तिमीले भोगी बनायौ
तिमीविना बाँच्नै नसक्ने कस्तो दीर्घ रोगी बनायौ
तिम्रै चाह आकाँक्षामा बिते जीवनका सङ्कल्प
सबै कुरा पाएपछि एक्लो फिरन्ते जोगी बनायौ।
