ज्योतिष शास्त्र : जन्मदिनमा के गर्ने, के नगर्ने ?

इन्भेष्टोपेपर । जेष्ठ १४, २०७

ज्योतिष शास्त्रका अनुसार जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ । जन्मदिन मनाउँदै गर्दा केही गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कतिलाई थाहा हुन पनि सक्छ कतिलाई थाहा नहुन पनि सक्छ ।

हामी आज जन्मदिनमा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्नेबारे केही जानकारी दिन गइरहेका छौं ।

यी कामहरु आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस्

१. नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्नेः- आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो । तयसैले यस्ता काम नगरेको राम्रो ।

२. हत्या हिंसा गर्नु हुँदैनः– जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषतस् जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठुलो भुल हो । जतिसुकै पुजा पाठ गर्नुस् धर्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जीवनमा ठुलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जीवनमा धेरै उतारचढाव आइलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो । जन्मदिनको दिनमा चाहीँ भुलेर पनि यो गल्ति नगर्नुहोस् ।

३. मांसाहारी भोजन नगर्नेः- जन्मदिनको दिन तामसी र राजसी भोजन ९माछा, मासु, अण्डा, वियर र रक्सि० सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदैं जान्छ । शनि ग्रह बिग्रंदै जानु भनेको तपाइको भाग्य बिग्रंदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।

४. तितो वचन नगर्नुस्ः- जन्मदिनको दिन कसैलाई पनि तितो वचन नगर्नुस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुस् । कससँग पनि वादविवाद र झगडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमुधुर बचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।

यी काम गर्दा राम्रो हुन्छ

  • जन्मदिनको दिन गरिब दुखीको सेवा गर्नुस् , दान गर्नुस् ।
  • तपाइ जन्मदिन भनेर १०० जना आफन्त बोलाएर खुवाउनु भन्दा तिनलाई एक छाक भएपनि खुवानुहोस् जो भोका छन् ।
  • हत्या हिंसा गर्नु भन्दा नि गरिब दुखीको सेवा गर्नतिर लाग्नुस् ।
  • पुजा पाठ गर्नुहोस्स् जन्मदिनको दिन पुजा पाठ र नव ग्रह शान्ति गराउनुहोस् ।
  • खुशियाली बाढ्नुहोस् परिवार साथीभाई इष्टमित्र र समाज सबैसंग खुशीयाली बाढ्नुहोस् ।
  • सकारात्मक सोंच राख्नुहोस् ।
  • अठोट गर्नुहोस् र पूरा गर्ने प्रतिज्ञा गर्नुस् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *