सरकारले सागमा स्वर्ण जित्नेलाई ९ लाख दिने घोषणा
मिन डि.सि., मंसिर २५, २०७६
काठमाडौँ — १३ औं साग खेलकुदको समापन संगै सरकारले स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । खेलाडीको मनोबल बढाउन र खेलाडीको सम्मान स्वरुप सरकाले दिने घोषणा गेरेको छ। सरकारले सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–६ लाख पाउनेछन् । एउटा भनाइ छ गुरुको शिक्षा बिना चेला सफल हुन कठिन छ त्यसैले सरकारले जित्ने खेलाडीका प्रशिक्षकलाई पनि जनही ५ लाख दिने भएको छ।
नेपाली खेलाडीको पछिल्ला साग खेलमा भन्दा उतकृष्ट नतिजा हासिल गरेको हुदा सरकारले रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने भएको छ। बुधबार प्रधानमन्त्री ओलीले आफ्नै निवासमा बोलाएर सागका पदक विजेता खेलाडीलाई यो घोषणा गरेका हुन्। मंगलबार सम्पन्न १३औँ साग खेलकुदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

