नौ वर्षीय लराँ सिमोन्सले विश्वविद्यालय छोडे

Investopaper, मंसिर २६, २०७६

यही महिना दीक्षित हुने अपेक्षा गरेका एक नौ वर्षीय बेल्जियन बालकले द नेदरल्यान्ड्सको विश्वविद्यालय छोडेका छन्।

लराँ सिमोन्सका अभिभावकले उनले डिसेम्बर २६ मा जन्मदिन अगाडि दीक्षित भएर विश्वविद्यालय अध्ययन पूरा गर्ने १० वर्षमुनिको पहिलो व्यक्ति बनाउन चाहेका थिए।

तर आइन्डहोभन विश्वविद्यालयले दीक्षित हुनुका लागि सिमोन्सले अझ थुप्रै परीक्षा दिन बाँकी रहेको बताएको छ।

सिमोन्सका अभिभावकले सन् २०२० को मध्यतिरहको दीक्षान्त अस्वीकार गर्दै तुरुन्तै उनलाई विश्वविद्यालयको अध्ययनबाट हटाएका हुन्।

  • सबैभन्दा कम उमेरमा विश्वविद्यालयको अध्ययन पूरा गरेका नौ वर्षे बालक

सिमोन्सले तीनवर्षे स्नातक तहको इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन १० महिनामै पूरा गर्न खोजेका थिए।

लराँका बुवा अलेक्जान्डर सिमोन्सले विश्वविद्यालयले उनलाई सञ्चारमाध्यममा आएको उनको समाचारहरूका कारण उनलाई दबाब परेको बताएको बताए।

“हामीलाई भनियो कि सञ्चारमाध्यमका कारण बालकलाई धेरै दबाब परेको छ र यदी उसको अध्ययनलाई निरन्तरता दिने हो भने मनोवैज्ञानिक परीक्षण आवश्यक पर्ने बताए,” उनले एक पत्रिकालाई भनेका छन्।

लराँको इन्स्टाग्राम अकाउन्टमा विश्वविद्यालयले यही डिसेम्बरमा दीक्षित हुने सम्भावनाबारेको पत्रको तस्बिर झूटसम्बन्धी भनाइ सहित हालिएको छ।एक विज्ञप्तिमा विश्वविद्यालयले उनले १० वर्ष पुग्नु अगाडि अध्ययन पूरा गर्न सम्भव नरहेको बताएको छ। सो विज्ञप्तिमा उनको पढाइलाई द्रुत गतिमा अगाडि बढाउँदा उनको शैक्षिक विकासलाई असर गर्ने बताइएको छ।

विश्वविद्यालयले अद्वितीय प्रतिभा भएका नौ वर्षे बालकमाथि अनावश्यक दबाब सिर्जना गर्न नहुने बताएको छ।तीक्ष्णता मापनमा १४५ आईक्यू स्कोर पाएका लराँले चार वर्षको उमेरमा अध्ययन सुरु गरेका थिए।उनले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए।

छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र छ वर्षको पढाइ १८ महिनामा पूरा गरे।त्यसपछि छोटो समय विश्राम लिन आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए र त्यसपछि विश्वविद्यालमा पढ्न सुरु गरेको थिए।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार सबैभन्दा कम उमेरमा विश्वविद्यालयबाट दीक्षित हुने व्यक्ति अमेरिकी नागरिक माइकल केअरने हुन जो सन् १९९४ मा १० वर्षको उमेरमा दीक्षित भएका थिए।

-वीवीसी नेपाली –

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *