सुन्दै चकित हुने सत्य : उत्तर कोरियाले खान मिल्ने कपडा बनायो
इन्भेष्टाेपेपर । मङ्सिर २१, २०७७
सुन्दा मात्र त सबैलाई अचम्म लाग्न सक्छ । कपडा कसरी खान मिल्छ ? तर यो सत्य हो । अब उत्तर कोरियाले बनाएका लुगा खानपनि मिल्नेछ । यही कुराले अहिले विश्वभरी चर्चा पाइरहेको छ । कहिले विश्वकै शक्तिशाली देशको रुपमा आणविक शक्ति थुपारेको भनेर चर्चामा आउने उत्तर कोरिया यो कुरालेपनि अहिले सबैको चासोको देश बनेको छ । विश्वकै रहस्यमय देश भनेर चिनिने कोरिया यो रहस्यलाई सफल बनाएर देखाएपछि झनै चर्चित छ ।
गरिबी तथा भोकमरीबाट जुधिरहेको देश उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् । किमले लञ्च गरेका ती फेसन प्रडक्ट निकै विशेष र दुनियाँमै अद्वितीय रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता के भने जिउमा लगाएका यी कपडा खान पनि सकिन्छ । उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो ।
फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ । खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ ।
पुरुषको लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ । अब ज्याकेट, आउटर, ह्याण्ड ब्याग भोक लागेका बेला खान सकिनेछ । एजेन्सी
