सूचीकृत कम्पनीले सूचना तथा जानकारी अपलोड नगरे कारोबार रोक्का गर्ने चेतावनी

Investopaper, पौष ८, २०७६ 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई सूचना तथा जानकारी नेप्सेको वेवसाइटमा अपलोड नगरे कारोबार रोक्का गर्ने चेतावनी दिएको छ । सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली तथा धितोपत्र सूचीकरण सम्झौता बमोजिम सुचना तथा जानकारी नेप्सेलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । 

सो व्यवस्था बमोजिम सुचना तथा जानकारी अपलोड गर्न स्वयम् कम्पनीलाईनै सुविधा दिएको छ । तर, कतिपय कम्पनीहरुले सो सुविधा प्रयोग नगरेकाले अनिवार्य रुपमा नेप्सेको वेवसाइडमा अपलोड गर्न गराउन नेप्सेले अनुरोध गरेको छ ।

सूचना तथा जानकारी अपलोडका लागि बारम्बार सुचना जारी गरेको र अब उप्रान्त बेवास्था गरे कारोबारनै रोक्का गरिने नेप्सेले सुचना मार्फत जानकारी गराएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *