समाजवादी पार्टी सरकारबाट बाहिरिने, सरकारलाई दिएकाे समर्थन बारे निर्णय हुँदै

Investopaper, पौष ८, २०७६

वर्तमान सरकारमा सामेल भएकाे उपेन्द्र यादवकाे नेतृत्वमा रहेकाे दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। मङ्गलवार आकस्मिक रूपमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले सरकार छोड्ने निर्णय गरेको उक्त दलका नेताहरूले बताएका छन्।

वर्तमान मन्त्रिपरिषद्‌मा सो दलबाट उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो ईस्तियाक राई सहभागी हुनु भएकाे थियाे।

गत वर्ष जेठमा सरकार गठन हुँदा सत्तारूढ दल नेकपासँग संविधान संशोधनसम्बन्धी दुईबुँदे सहमति गर्दै समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो।

सोमवार मन्त्रिपरिषद्‌को बैठकमा यादवले संविधान संशोधन गर्न एक कार्यदल बनाऔँ भनेर प्रस्ताव लग्नुभएको थियो, तर उक्त प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरिदिएका कारण सरकारबाट हटने निर्णय गरिएकाे जानकारिमा अाएकाे छ।

समाजवादी पार्टी सूत्रका अनुसार बुधवार बस्ने दलको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भनेर औपचारिक निर्णय गर्नेछ।

यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्व गरेको नयाँ शक्ति पार्टीको एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन भएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *