सेञ्चुरी कमर्सियल बैंकको मस्कट सार्वजनिक
इन्भेष्टाेपेपर । पुष २५, २०७७
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति यही पौष २४ गते आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ ।
बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हाे ।
यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको बैंकले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
