ताजमहल सम्बन्धि १० रहस्यमय तथ्य
Investopaper, फाल्गुन २६, २०७५
दुनियाँका मानव निर्मित आश्चर्य मध्ये एक हो ताजमहल । जसलाई प्रेमको प्रतिकका रुपमा लिइन्छ । ताजमहल मुगल सम्राट शाह जांहले आफ्नो सर्वप्रिय रानी मुमताजको नाममा बनाउन लगाएको मानिन्छ । तथापी केही भारतीय इतिहासकारहरुले भने ताजमहललाई मुगल सम्राटले बनाएको नभई उनी भन्दा अघि नै ताजमहल भएको र उनले पुर्ननिमार्ण गरेर इस्लामिक भंगीमामा उतारेको मात्र बताउने गरेका छन् ।
आज त्यही संसारकाे अाश्चर्यजनक ताजमहलमा प्रत्येक वर्ष करिव एक करोड पर्यटकहरु घुम्न जान्छन् । यमुना नदीकाे किनारमा सिगमरै सिगमरमरले बनेकाे महल, छायांपर्ने पानीकाे पाेखरि तथा सुन्दर बगैचाले सबैकाे मन हर्छ । सुन्दर ताजमहलको इतिहासका बारेमा धेरैलाई सत्य कुरा थाहा नहुन सक्छ । यसैका बारेका चर्चा गराै ।
यी हुन् ताजमहलको १० रहस्यहरुः
१. अहमद लाहाेरि नामक अार्किटेक्टकाे अगुवार्इमा ताज महल बनाउन २० हजार मजदुरलाई २० वर्ष लागेको थियो । सन १६३२ मा निर्माण कार्य शुरू भै सन १६५३ मा सिद्धिएकाे थियाे ।
२. भारतमा व्रिटिसले शासन गर्ने बेला मुख्य स्मारकको गेस्ट रुम भाडामा दिइएको थियो त्यहाँ नवविवाहित जोडिले सुहागरात मनाउने गरेका थिए ।
३. ताजमहलभित्र एउटा रोयल गेट छ, जहाँबाट अगाडि बढेर हेर्दा ताजमहल ठूलो हुँदै जान्छ र पाइला पछाडि सार्दा ताजमहल क्रमशः सानो हुँदै जान्छ ।
४. मुगल संम्राट र उनकी महारानी मुमताजले खाना खानुभन्दा अगाडि जाँच गर्ने एउटा साम्रगी थियो । जहाँ खाना राखेर परिक्षण गरेपछि मात्र उनीहरुले खान्थे । उक्त भाँडा आजपनि संग्राहलयमा राखिएको छ ।
५. ताजमहल पुरै सिंहमरमरले बनेको छ र यसमा ठडिएका धरहराहरु थोरै बाहिरपट्टी झुकेका छन्, ताकि भूकम्पले विनासलिला मच्याउदा पनि मुख्य महललार्इ क्षति नपुगाेस ।
६. सूर्यकाे र चन्द्रमाकाे किरण संगसगै ताजमहलकाे रंग बदलिने गर्दछ । विहानीपख हल्का गुलावी, मध्यान्हमा सेताे, सूर्यास्तमा सुनाैला देखिन्छ भने जूनकाे किरणमा सिल्भर जस्तै । यसलार्इ पलपलमा परिवर्तन भैरहने महिलाहरूकाे मुड संग तुलना गर्ने गरिन्छ ।

७. ताजमहलकाे लागी अावश्यक निर्माण सामाग्री ढुवानी गर्न एक हजार भन्दा धेरै हात्तिहरूकाे प्रयाेग गरिएकाे थियाे ।
८. ताजमहलकाे उचार्इ १७१ मिटर वा ५६१ फिट छ ।
९. ताजमहल परिसरमा ६ वटा चिहान राखिएको छ । ति चिहानहरु सम्राट र मुमताजसँगै उनका ४ नोकर र नोकर्नीहरुका समेत हुन् ।
१०. ताजमहलमा पर्यटकहरु घुम्न जाँदा एउटा कफिन देखाइन्छ । जुन नक्कली हो ।
