एक्यानका सदस्यलाई बिना धितो १५ लाखसम्म कर्जा

इन्भेष्टोपेपर । श्रावण ३०, २०७७

कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ(एक्यान)मा आवद्ध सदस्यहरुलाई बिना धितामो प्रोफेशनल कर्जा दिने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच द्विपक्षीय सम्झौता भएको हो ।

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकैदिनमा बिना धितोमा १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराउनु भयाे ।

साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको छ । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासंग समेत समझदारीको लागि छलफल भैरहेको धितालले जानकारी दिनु भयाे ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एक्यानका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गर्नु भएकाे हाे ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा व्यवसायको संरक्षण एवम् सम्बर्द्धन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा व्यवसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो ।

यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *