इजी ट्याक्सीकाे भाडा अब माछापुच्छ्रे बैंकको क्यूआर कोडबाट तिर्न मिल्ने

इन्भेष्टोपेपर । श्रावण ३०, २०७७

माछापुच्छ्रे बैंकसँग  इजि एस्योरेन्सले अन्तरगतको इजि ट्याक्सीले  व्यवसायिक सम्झौता गरेको छ । बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा  माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गर्नु भएकाे हाे । 

सो सम्झौतापछि इजि ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम  माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्स प्रा. लि. ले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ ।

मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्धेश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो ।

अब जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *