नेपाल बार एसोसिएशनको चुनाव चैत १९ गते हुने

इन्भेष्टोपेपर । फागुन १०, २०७८

काठमाण्डाैँ । आउँदो चैत १९ गते नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको चुनाव हुने भएको छ । चुनावको तालिका आज सार्वजनिक भएको छ । चैत १९ गते देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।

तालिका अनुसार २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्छ । बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशित गर्दैछ । आउँदो शुक्रवार मतदाता नामावलीमा दाबी विरोध गरी २० गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने बारले जनाएको छ । यस्तै, आउँदो २३ गते उम्मेदवारीका लागि दरखास्त दिन सकिनेछ ।

बारको अध्यक्ष पदको उम्मेदवारीका लागि ५० हजार रुपैयाँ, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका  लागि ३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ । नेपाल बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न चुनाव हुन लागेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *