सर्वसाधारणकाे लागि नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्याे, फागुन १५ सम्म भरिहालाै

इन्भेष्टोपेपर । फागुन ११, २०७८

काठमाडौं । सर्वसाधारणकाे लागि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (बुधवार) देखि निष्कासन तथा विक्री खुला हुने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । आरक्षित कित्ता कटाइ बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

कम्पनीको उक्त आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीआमा आवेदन दिने मिति बन्द हुने देखिन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी ( आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *